राजनीति

राष्ट्रिय मगर संघ केन्द्रीय सभापति थापा मगर कांग्रेस केन्द्रीय सदस्य पदका आकांक्षी

काठमाडाैं । नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिका सभापति ओम बहादुर घर्ती (थापा) मगर नेपाली कांग्रेसकाको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका आकांक्षी देखिएका छन् ।

थापामगर नवलपुर-२, बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।  

चौथो मतकासाथ विजयी मगर समुदायबाट केन्द्रीय सदस्यको उमेदवारको रुपमा हेरिएको छ ।

कांग्रेस विधानअनुसार केन्द्रीय समितिमा उम्मेदवारी दिन महाधिवेशन प्रतिनिधि हुनु अनिवार्य छ । कांग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ । 

‘नेपाली कांग्रेसको संगठनलाई सुदृढ बनाउन, अब जिल्लामा जस्तै देशभर कांग्रेसका लागि काम गर्ने योजनामा छु । गुट उपगुटको अन्त्य गर्न मेरो उम्मेदवारी हो ’ उनले भने ।

जिल्लामा अन्य राजनीतिक दलका नेताहरुसँगको सुमधुर संम्बन्धका कारण उनी सबैले रुचाईएका नेताका रुपमा चिनिन्छन् ।

‘केन्द्रीय सदस्य भएर नेपाली कांग्रेसको संगठनलाई संस्थागत रुपमा विकास गर्ने योजना छ,’ थापाले भने ।

 

गाउँ सहर संवाददाता