नेपाली महिला राष्ट्रिय टिमले हङकङलाई जित्न सकेन
- गाउँ सहर संवाददाता
- ६ मङ्सिर सोमबार, २०७८ | १६:५५:०० मा प्रकाशित
काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्षेत्रीय छनौटमा नेपाली महिला राष्ट्रिय टिमले सोमबार हङकङसँग पराजय भोगेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा भएको खेलमा नेपाल ६ विकेटले निराश बन्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १०४ रन बनाएको थियो । उता हङकङले १८ ओभरमा चार विकेटको क्षतिमा नेपालले दिएको लक्ष्य पूरा गर्यो ।
नेपालका लागि ओपनर सिता राना मगरले सर्वाधिक ४० रन बनाएकी थिइन् । उनीबाहेक इन्दु बर्माले मात्रै दोहोरो अंक जोडिन् । इन्दुले ३७ बलमा ३१ रन प्रहार गरिन् । तर बाँकी ब्याट्सवुमनको ब्याटिङ नचल्दा नेपाल सस्तैमा समेटियो ।
हङकङको जितमा मारिको हिलले ३८ बलमा ४२ रन जोडिन् । यसैगरी नताशा माइल्स । कप्तान केरी चानको नाममा १६ तथा १७ रन रह्यो । बलिङतर्फ नेपालका लागि कविता कुँवर, सिता राना मगर र सवनम राईले एक–एक विकेट लिए ।
एसियातर्फको महिला टी–ट्वान्टी विश्वकप छनौटमा कुल ६ टिम सहभागी छन् । नेपालमाथि जित हासिल गरेसँगै हङकङ पहिलो स्थानमा छ । दोस्रो स्थानमा यूएई छ । यूएईले उद्घाटन खेलमा मलेसियालाई हराएको थियो । यी चार टिमबाहेक आयोजक भुटान र कुवेत पनि ग्लोबल छनौटका लागि स्थान पक्का गर्न क्षेत्रीय छनौटमा प्रतिस्पर्धामा छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस