कांग्रेस महाधिवेशन : ६० जिल्लाका १४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन
- गाउँ सहर संवाददाता
- ६ मङ्सिर सोमबार, २०७८ | ०७:५७:०० मा प्रकाशित
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सुरु हुँदैछ। क्षेत्रीय अधिवेशनअन्तर्गत आज उद्घाटन समारोह तथा उम्मेदवारी मनोनयनको प्रक्रिया सुरु हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
महाधिवेशनअन्तर्गत कांग्रेसले वडा र पालिकासँगै शनिबार प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गरिसकेको छ। प्रदेशसभा निर्वाचन क्षेत्रअन्तर्गत सम्पन्न भएका अधिवेशनको परिणामसमेत आइसकेको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार आज देशका ६० जिल्लाका १४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुनेछ। क्रियाशील सदस्यता विवादले वडा अधिवेशन नभएका जिल्लामा भने प्रतिनिधिसभा क्षेत्रीय निर्वाचन हुनेछैन। क्षेत्रीय अधिवेशनमा वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले नेतृत्वका लागि मतदान गर्नेछन्। त्यस्तै क्षेत्रीय अधिवेशनले जिल्ला अधिवेशन र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको निर्वाचन गर्नेछ।
कांग्रेस विधानअनुसार क्षेत्रीय अधिवेशनबाट निर्वाचित नेता तथा कार्यकर्ताहरुमात्रै जिल्ला समितिको पदाधिकारीमा चुनाव लड्न पाउँछन्। त्यसैले कांग्रेसमा क्षेत्रीय अधिवेशनको महत्व अरुभन्दा बढी रहेको नेताहरु बताउँछन्।
यसअघि १४ वटा हिमाली जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भइसकेको छ।
क्षेत्रीय अधिवेशनमा वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले नेतृत्वका लागि मतदान गर्ने छन् । कांग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस