गाउँ सहर

प्रधानमन्त्री देउवा र अमेरिकी विदेश सहायकमन्त्री लुलाईबीच भेटघाट, द्विपक्षीय सहयोगबारे कुराकानी

तस्बिरः पीएम ट्विटर ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लुलाईबीच बिहीबार बालुवाटारमा भेटघाट भएकाे छ ।

भेटमा नेपाल र अमेरिका द्विपक्षीय सहयोगबारे कुराकानी भएको परराष्ट्रसचिव भरतराज पौड्यालले जानकारी दिए ।

नेपाल र अमेरिकाबीचको लामो मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विविध पक्षबारे कुराकानी भएको प्रधानमन्त्रीले ट्विट गरी जानकारी पनि दिएका छन् ।

कोभिडले पारेको असर, कोभिडबाट मुक्ति, भ्याक्सिन सहयोग, नेपालको हरित विकास र यसका लागि प्राविधिक र वित्तीय सहयोग उपलब्ध गराउनेबारे प्रधानमन्त्री देउवा र सहायकमन्त्री लुबीच कुराकानी भएको पनि परराष्ट्रसचिव पौड्यालले बताए ।

गाउँ सहर संवाददाता