ओली पक्राउको कानुनी र राजनीतिक प्रतिवाद गर्ने, दिउँसाे माइतिघरबाट विराेध प्रदर्शन
- गाउँ सहर संवाददाता
- १४ चैत शनिबार, २०८२ | ११:३४:०० मा प्रकाशित
काठमाडौं । नेकपा एमलेले पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेको छ।
एमाले सचिवालय बैठकले अध्यक्ष केपी ओलीको पक्राउविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ।
शनिबार बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ओलीको रिहाइको लागि कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए।
उनले सामाजिक सञ्जालबाट पार्टी बैठकले गरेका चार निर्णय सार्वजनिक गरेका छन्।
पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष क. केपी शर्मा ओलीलाई तत्काल रिहा गरियोस् भन्ने मागसहित आज बसेको नेकपा एमालेको सचिबालयको बैठकले निम्न कार्यक्रमहरू तय गरिएको छ:
१. आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने।
सचिव बस्नेतले ओलीलाई प्रतिशोधपूर्ण तथा बदलाभावले गरिएको पक्राउको विरोधमा आज अपराह्न ३ बजे माइतीघरमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गरिने पनि बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस