ओली पक्राउको कानुनी र राजनीतिक प्रतिवाद गर्ने, दिउँसाे माइतिघरबाट विराेध प्रदर्शन
- गाउँ सहर संवाददाता
- १४ चैत शनिबार, २०८२ | ११:३४:०० मा प्रकाशित
काठमाडौं । नेकपा एमलेले पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेको छ।
एमाले सचिवालय बैठकले अध्यक्ष केपी ओलीको पक्राउविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ।
शनिबार बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ओलीको रिहाइको लागि कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए।
उनले सामाजिक सञ्जालबाट पार्टी बैठकले गरेका चार निर्णय सार्वजनिक गरेका छन्।
पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष क. केपी शर्मा ओलीलाई तत्काल रिहा गरियोस् भन्ने मागसहित आज बसेको नेकपा एमालेको सचिबालयको बैठकले निम्न कार्यक्रमहरू तय गरिएको छ:
१. आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने।
सचिव बस्नेतले ओलीलाई प्रतिशोधपूर्ण तथा बदलाभावले गरिएको पक्राउको विरोधमा आज अपराह्न ३ बजे माइतीघरमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गरिने पनि बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस