बिहीबार सुनकाे मूल्यमा वृद्धि, कतिमा हुँदैछ काराेबार ?
- गाउँ सहर संवाददाता
- २ मङ्सिर बिहीबार, २०७८ | १२:३३:०० मा प्रकाशित
काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य सामान्य रुपममा वृद्धि भएको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा २०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २८० रुपैयाँ कायम गरिएको छ ।
हिजाे छापावाला सुन तोलाको ९४ हजार ३०० रुपैयाँ, तेजावी सुन ९३ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार सुनको मूल्य बढेपनि चाँदीको मूल्य स्थीर रहेको महासंघले जनाएको छ ।
महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कारोबार भइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस