सिटिजन लाइफ इन्स्योरेन्सद्वारा पहिलो त्रैमासमा एक अर्ब २१ करोड खुद बीमाशुल्क संकलन
- गाउँ सहर संवाददाता
- ३० कार्तिक मंगलबार, २०७८ | १६:२७:०० मा प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क संकलन रकममा उल्लेख्य सुधार आएको छ ।
कम्पनीको चालु आवको पहिलो त्रैमासको अवधिमा खुद बीमाशुल्क संकलन रकम शतप्रतिशतले बढेर एक अर्ब २१ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले ६० करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद नाफामा सामान्य सुधार आएको छ । कम्पनीले ६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
१ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ७६ करोड ५८ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ५४ करोड ३९ लाख रुपैयाँ सञ्चिती थियो ।
कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १० करोड ३० लाख रुपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ७४ लाख ९३ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीले अभिकर्ता कमिसन शीर्षकमा २२ करोड ४ लाख रुपैयाँ, सेवा शुल्क शीर्षकमा १ करोड २१ लख रुपैयाँ खर्च गरेको छ ।
कम्पनीले यस अवधिमा बीमा दावीवापत २६ करोड रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ६३ वटा बीमा दावीवापत १ करोड १ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस