सर्वोच्चमा वकिलहरूकाे नारा : भ्रष्टाचार/ विचौलियाका नाईके राजीनामा देउ
- गाउँ सहर संवाददाता
- ३० कार्तिक मंगलबार, २०७८ | १२:५२:०० मा प्रकाशित

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणको राजीनामा माग गर्दै वकिलहरुले मंगलबार पनि सर्वोच्च अदालतमा प्रदर्शन गरेका छन् ।
नेपाल बार एसोसियसनको अगुवाइमा वकिलहरुले राणाको राजीनामा माग गर्दै सर्वोच्च मुल गेटमा प्रदर्शन गरेका छन् । नाराबाजी गर्दै वकिलहरु सर्वोच्च परिसरमा प्रवेश गरेका छन् ।
सर्वोच्चमा चोलेन्द्रशमशेर राजीनामा देउ, भ्रष्टाचारका नाईके राजीनामा देउ, विचौलियाका नाइके राजीनामा देउ भन्ने नारा लागिरहेका छन् ।
प्रदर्शनमा बारको भवनबाट सर्वोच्च छिर्ने क्रममा प्रहरीले वकिलहरूकाे माइक खोसेको हो ।
नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले माइक खोसिएपनि आफूहरुको आवाजलाई कसलाई रोक्न नसक्ने बताए ।
यस्तै सर्वोच्चका न्यायाधीशहरुले पनि राणाले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्। न्यायाधीशहरुले अधिकांश इजलास नै बहिष्कार गरेपछि सेवाग्राही भने लगातार समस्यामा पर्दै आएका छन् ।
प्रधानन्यायाधीश राणाले सोमबार विज्ञप्ति निकालेर वार्ताका लागि आह्वान गरेका थिए । तर बारले वार्ता प्रस्ताव अस्वीकार गरी आन्दोलन जारी राखेको छ ।
नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलन गर्ने तयारी थालेको छ ।
नेपाल बारले प्रधानन्यायाधीश राणाले राजीनामा नगरेसम्म आन्दोलन जारी राख्ने बताउँदै अबको आन्दोलन थप सशक्त हुने पनि प्रष्ट पारेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस