सर्वोच्चमा वकिलहरूकाे नारा : भ्रष्टाचार/ विचौलियाका नाईके राजीनामा देउ
- गाउँ सहर संवाददाता
- ३० कार्तिक मंगलबार, २०७८ | १२:५२:०० मा प्रकाशित
काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणको राजीनामा माग गर्दै वकिलहरुले मंगलबार पनि सर्वोच्च अदालतमा प्रदर्शन गरेका छन् ।
नेपाल बार एसोसियसनको अगुवाइमा वकिलहरुले राणाको राजीनामा माग गर्दै सर्वोच्च मुल गेटमा प्रदर्शन गरेका छन् । नाराबाजी गर्दै वकिलहरु सर्वोच्च परिसरमा प्रवेश गरेका छन् ।
सर्वोच्चमा चोलेन्द्रशमशेर राजीनामा देउ, भ्रष्टाचारका नाईके राजीनामा देउ, विचौलियाका नाइके राजीनामा देउ भन्ने नारा लागिरहेका छन् ।
प्रदर्शनमा बारको भवनबाट सर्वोच्च छिर्ने क्रममा प्रहरीले वकिलहरूकाे माइक खोसेको हो ।
नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले माइक खोसिएपनि आफूहरुको आवाजलाई कसलाई रोक्न नसक्ने बताए ।
यस्तै सर्वोच्चका न्यायाधीशहरुले पनि राणाले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्। न्यायाधीशहरुले अधिकांश इजलास नै बहिष्कार गरेपछि सेवाग्राही भने लगातार समस्यामा पर्दै आएका छन् ।
प्रधानन्यायाधीश राणाले सोमबार विज्ञप्ति निकालेर वार्ताका लागि आह्वान गरेका थिए । तर बारले वार्ता प्रस्ताव अस्वीकार गरी आन्दोलन जारी राखेको छ ।
नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलन गर्ने तयारी थालेको छ ।
नेपाल बारले प्रधानन्यायाधीश राणाले राजीनामा नगरेसम्म आन्दोलन जारी राख्ने बताउँदै अबको आन्दोलन थप सशक्त हुने पनि प्रष्ट पारेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
प्रतिकृया दिनुहोस