गाउँ सहर
न्यायाधीश मनोज शर्मा प्रधानन्यायाधीशका रूपमा सिफारिस
- गाउँ सहर संवाददाता
- २४ बैशाख बिहीबार, २०८३ | २०:२८:०० मा प्रकाशित
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिमा यसपटक लामो समयदेखि कायम वरिष्ठताको परम्परा तोडिएको छ । संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीशलाई छाड्दै चौथो वरीयताका न्यायाधीश डा. मनोज शर्मालाई नयाँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको हो ।
बिहीबार बसेको परिषद् बैठकले शर्माको नाम अनुमोदनका लागि अघि बढाएको हो । यसअघि न्याय परिषद्ले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको थियो ।
सिफारिस सूचीमा कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधानसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, तिलप्रसाद श्रेष्ठ, डा. नहकुल सुवेदी र डा. मनोज शर्मा रहेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस