संवैधानिक परिषद्को बैठक बोलाइयो, नयाँ प्रधानन्यायाधीशबारे छलफल हुने
- गाउँ सहर संवाददाता
- १४ श्रावण आइतबार, २०८० | १८:१०:०० मा प्रकाशित
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका छन्।
आइतबार प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।
मंगलबार अपराह्न ४ बजे बस्ने गरी डाकिएको यो बैठकबाट नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने एजेन्डा रहेको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले आइतबार तीन नेताबीच संवैधानिक परिषद् बैठक र संसदको गतिरोध अन्त्य लगायतका विषयमा कुरा भएको बताएका थिए।
छोटो समयका लागि नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गते अवकासमा जाँदै छन्। अवकासमा जाने भएपछि कार्कीले अहिले बेन्च नराखेर जिल्ला भ्रमण गरिरहेका छन्।
कार्की अवकासमा जाने भएपछि एक महिनाअगाडि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने थियो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
प्रतिकृया दिनुहोस