संवैधानिक परिषद्को बैठक बोलाइयो, नयाँ प्रधानन्यायाधीशबारे छलफल हुने
- गाउँ सहर संवाददाता
- १४ श्रावण आइतबार, २०८० | १८:१०:०० मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका छन्।
आइतबार प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।
मंगलबार अपराह्न ४ बजे बस्ने गरी डाकिएको यो बैठकबाट नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने एजेन्डा रहेको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले आइतबार तीन नेताबीच संवैधानिक परिषद् बैठक र संसदको गतिरोध अन्त्य लगायतका विषयमा कुरा भएको बताएका थिए।
छोटो समयका लागि नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गते अवकासमा जाँदै छन्। अवकासमा जाने भएपछि कार्कीले अहिले बेन्च नराखेर जिल्ला भ्रमण गरिरहेका छन्।
कार्की अवकासमा जाने भएपछि एक महिनाअगाडि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस