गाउँ सहर
प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन
- गाउँ सहर संवाददाता
- १ असार शुक्रबार, २०८० | ११:४४:०० मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन गरिएको छ । संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन गरिएको समितिका सदस्य महेश बर्तौलाले जानकारी दिए ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा सवालजवाफपछि कार्कीको नाम अनुमोदन गरिएको हो । योसँगै उनी अब प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् ।
सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । गएको असोजदेखि कार्की कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् ।
प्रधानन्यायाधीशमा अनुमोदन भएका कार्कीले आउँसो साउन २० गते उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस