नेता हुन सजिलाे कहाँ छ र, उम्मेद्वार हुन याे शुल्क ! अरू त जात्रैजात्रा
- गाउँ सहर संवाददाता
- ३० कार्तिक मंगलबार, २०७८ | १३:११:०० मा प्रकाशित

काठमाडाैँ । नेता हुनै याे खर्च छ, अरू त के के । अनेक तिकडामबाज गरेर उम्मेद्वार हुन खाेज्नेले नेपाली कांग्रेसमा शुल्ककाे भारी तिर्नुपर्छ ।
नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ । कांग्रेसले १४ औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो । कांग्रेसले केन्द्रीय सभापतिका लागि ३० हजार उम्मेदवारी शुल्क तोकेको छ ।
यस्तै केन्द्रीय उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ । सहमहामन्त्रीका लागि भने २० हजार शुल्क तोकिएको कांग्रेसले जनाएको छ । केन्द्रीय सदस्यमा उठ्न चाहने उम्मेदवारले १० हजार शुल्क बुझाउनुपर्ने छ ।
प्रदेश महाधिवेशन प्रतिनिधिका लागि ३ हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ५ हाजार र केन्द्रीय महासमिति सदस्यका लागि सात हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।
पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस