रास्वपाले ३, नेपाली कांग्रेसले २ तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाले एक स्थानमा जित, अग्रता रास्वपाकै
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण शुक्रबार, २०८२ | २०:०३:०० मा प्रकाशित
काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ३, नेपाली कांग्रेसले २ तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाले एक स्थानमा जित हासिल गरेको छ ।
रास्वपा काठमाडौँ १ मा विजयी भएको हो । काठमाडौँ १ मा रञ्जु न्यौपाने दर्शना विजयी भएकी छिन् ।
त्यसैगरी काठमाडौँ ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । खनालले २७ हजार ७ सय १९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी काठमाडौँ ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनले २४ हजार ५ सय ९२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
कांग्रेस मुस्ताङमा विजयी भएको हो । योगेश गौचन थकाली विजयी भएका हुन् ।
कांग्रेसले मनाङमा सफलता हासिल गरेको हो । कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित भएका हुन् । गुरुङ दुई हजार ४१५ मतसहित निर्वाचित भएका हुन्।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् । प्रचण्ड रूकुम पूर्वबाट विजयी भएका हुन् ।
यता १४७ स्थानको मतगणना भइरहँदा रास्वपाले १०७ स्थानमा अग्रता हासिल गरेको छ । नेपाली कांग्रेस ११, नेकपा एमाले ११ र नेपाली कम्युनिष्ट पार्टी ७ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै श्रम संस्कृति ४, राप्रपा ३, उज्यालो नेपाल १, प्रलोपा १ र स्वतन्त्रमा १ स्थानमा अगाडि रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस