गठबन्धन उपनिर्वाचनसम्म मात्र हो : प्रधानमन्त्री देउवा
- गाउँ सहर संवाददाता
- २९ कार्तिक सोमबार, २०७८ | १३:४०:०० मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हालको गठबन्धनको सहकार्य आगामी उपनिर्वाचनसम्म मात्र भएको स्पष्ट पारेका छन् । आगामी चुनावमा गठबन्धन गर्नेबारे कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिदै सभापति देउवाले गठबन्धनको सहकार्य प्रतिनिधिसभासम्म नहुने स्पष्ट पारेका हुन् ।
नेपाली कांग्रेसको हिजाे बसेको बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा देउवाले आगामी प्रतिनिधिसभाको बैठकमा गठबन्धन गर्ने बारे कुनै सहमति नभएको जिकिर गरे ।
प्रधानमन्त्री देउवाले गठबन्धन दलहरूबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रियसभा चुनावसम्ममात्रै सक्रिय हुने बताए । गत कात्तिक २२ मा बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र (समन्वय समिति) गठन गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस