दोरम्बा शैलुङ गाउँपालिकाका नेकपा एमाले र माओवादी कार्यकर्ता कांग्रेस प्रवेश
- गाउँ सहर संवाददाता
- २७ कार्तिक शनिबार, २०७८ | १६:५९:०० मा प्रकाशित
काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका ५० भन्दा बढी नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेको छन् ।
शनिबार राजधानीमा आयोजित 'नेपाली कांग्रेस पार्टी प्रवेश तथा सम्पर्क समिति घाेषणा कार्यक्रममा नेपाली कांग्रेस रामेछापका पार्टी सभापति पूर्णबहादुर तामाङ 'कान्छाराम' काे प्रमुख आतिथ्य तथा पूर्वसभापति तथा केन्द्रिय महाधिवेशन प्रतिनिधि रामचन्द्र खड्काकाे विशिष्ट आतिथ्यतामा दोरम्बा शैलुङ गाउँपालिकाको टोकरपुर र गोश्वारा लगायत क्षेत्रका नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई कांग्रेस पार्टीमा स्वागत गर्दै जिल्ला सभापति कान्छारामले युवाहरूकाे कांग्रेसप्रतिकाे आकर्षणले पार्टी संगठन बलियाे हुँदै जाने र अब नजिकिँदै गरेकाे स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमा रामेछापबाट कांग्रेसले जित्ने दाबी गरे ।
उनले भने,- 'अब कांग्रेसलाई कसैले हराउन सक्ने तागत छैन । अहिलेसम्म कांग्रेस हार्नुमा हाम्रै गुटबन्दी र संगठनकाे कमजाेरीले हाे । हातमा हात मिलाएर अब एकजुट भएर अघि बढेमा कसैले पनि कांग्रेसलाई हराउन सक्दैन ।'

उनले कांग्रेस अब एकजुट भएर कम्युनिष्टलाई परास्त गर्ने बताए । साथै पार्टीभित्र काखा-पाखा नगरि संगठनमा याेगदान, निष्ठा र त्यागकाे कदर गर्दै सबै तहकाे टिकट नेतृत्व तहमा सामूहिक छलफल गरेर याेग्यलाई बितरण गरिने उल्लेख गरे ।
सभालाई सम्बाेधन गर्दै पूर्वसभापति तथा केन्द्रिय महाधिवेशन प्रतिनिधि रामचन्द्र खड्काले सभापति संगठनकाे मियाेजस्तै भएकाले सबैलाई समेटेर याेग्यता, क्षमता, नयाँ र पुराना अनुहारलाई मिलाएर टिकट बितरण गर्न पार्टी सभापतिलाई सुझाए । कम्युनिष्ठहरूले सपना मात्र बाँड्ने तर काम केही नगर्ने भएकाले अब सबै स्थानीय तह, प्रदेश तथा संघमा कांग्रेस जिताउन संगठनात्मक ढंगले सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
.jpg)
पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय महाधिवेशन प्रतिनिधि भरत चाैलागाइ, अर्जुन केसी, जितेन्द्र कुमार माेक्तान, बिनिता खड्का लगायत नेता तथा कार्यकर्ताहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा नवप्रवेशीहरुलाई अबिर र दोसल्लाले ओढाएर स्वागत गरिएको थियो ।
नवप्रवेशीहरुले गाउँपालिकामा नेकपाको कार्यकर्ता भन्न पनि लाज लाग्ने अवस्था आएकोले नेपाली कांग्रेस प्रवेश गरेकाे बताउँदै नेकपाका जनप्रतिनिधि र कार्यकर्ता भ्रष्टाचार, कमिसन चलखेलमा लिप्त रहेको तथा गाउँमा समेत नेतृत्व अधिनाकवादतर्फ उन्मुख भएकोले लोकतन्त्र, समाजवाद र राष्ट्रियताको पक्षमा रहेको ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसमा प्रवेश गरेको बताए ।
नेपाली कांग्रेस दोरम्बा-काठमाडाैं सम्पर्क समिति घाेषणा
त्यसैगरि नेपाली कांग्रेस दोरम्बा-काठमाडाैं सम्पर्क समितिकाे नयाँ पदाधिकारी चयन गरिएकाे छ ।
सम्पर्क समितिकाे नवगठित पदाधिकारीहरूमा सभापति मिलन घिसिङ्ग, उपसभापति हस्त योन्जन, सचिव सुजन गौतम, काेषाध्यक्ष, मिनेन्द्र ढुगेल, सह-सचिव बिजय तमाङ (मोक्तान) लगायत अन्य सदस्यहरू छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस