आन्दोलनको बलमा राजसंस्था स्थापना हुन्छ : लाेहनी
- गाउँ सहर संवाददाता
- २२ कार्तिक सोमबार, २०७८ | १५:५८:०० मा प्रकाशित
सर्लाही । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आन्दोलनको बलमा राजसंस्था स्थापना गर्ने बताएका छन् ।
राप्रपा सर्लाहीको जिल्ला अधिवेशनलाई मलंगवामा सम्बोधन गर्दै अध्यक्ष लाेहनीले प्रजातन्त्रको मुल आधार शक्ति सन्तुलन र नियन्त्रणको सिद्धान्तबाट कांग्रेस तथा कम्युनिष्टहरु च्युत भएका कारण प्रजातन्त्रको रक्षार्थ पनि आन्दोलनको बलमा राजसंस्था स्थापना गरिने बताए ।
राजसंस्थाको आवश्यक रहेको कारण यो संस्था हिजोभन्दा आज झन सान्दर्भिक देखिएको बताउदै नेपाललाई हिन्दूराष्ट्र बनाउनबाट कसैले रोक्न नसक्ने लाेहनीले बताए ।
.jpg)
उनले मधेसवादी दलहरुसमेत असफल भएका कारण अब मुलुकको नेतृत्व राप्रपाले गर्नुपर्ने समेत बताए ।
अदालतको गाईजात्रा, निरीह संसदले प्रजातन्त्रको खिल्ली उडाएको बताउदै यो व्यवस्था असफलताको लक्ष्यण भएकोसमेत बताए ।
आउँदो अधिवेशनले राप्रपालाई सही नेतृत्व दिने बताउदै उनले कार्यकर्ताहरुलाई विवेकपूर्ण निर्णय गर्न आग्रह गरे ।
अधिवेशनले सत्य नारायण यादवको नेतृत्वमा ४१ सदस्य जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ ।
कार्यक्रमलाई सांसद राजेन्द्र लिङदेल लगायतका नेताहरुले सम्वोधन गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस