तिहारलगत्तै ह्वात्तै बढ्याे सुनकाे मूल्य
- गाउँ सहर संवाददाता
- २२ कार्तिक सोमबार, २०७८ | १२:३१:०० मा प्रकाशित

काठमाडाैं । सोमबार सुन तोलामा एक हजार ५०० रुपैयाँले बढेकाे छ । तिहारलगत्तै एकैदिन सुनचाँदीकाे मूल्य ह्वात्तै बढेकाे छ ।
यस दिन छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजाबी सुन ९२ हजार रुपैयाँमा किनबेच हुँदैछ । यसअघि लक्ष्मी पुजाको दिन सुन प्रतितोला ५०० रुपैयाँले गिरावट भएर ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसपछिका तीन दिन भने सुनचाँदीको मूल्य नतोकिएकाले सोहि मूल्यमा कारोबार भएको थियो ।
सोमबार सुनसँगै चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार २५० रुपैयाँमा खरिदबिक्री हुँदैछ । तिहार अघिको अन्तिम कारोबार दिन चाँदीको भाउ स्थिर रहेर प्रतितोला एक हजार २२५ रुपैयाँ कायम रहेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस