तिहारलगत्तै ह्वात्तै बढ्याे सुनकाे मूल्य
- गाउँ सहर संवाददाता
- २२ कार्तिक सोमबार, २०७८ | १२:३१:०० मा प्रकाशित
काठमाडाैं । सोमबार सुन तोलामा एक हजार ५०० रुपैयाँले बढेकाे छ । तिहारलगत्तै एकैदिन सुनचाँदीकाे मूल्य ह्वात्तै बढेकाे छ ।
यस दिन छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजाबी सुन ९२ हजार रुपैयाँमा किनबेच हुँदैछ । यसअघि लक्ष्मी पुजाको दिन सुन प्रतितोला ५०० रुपैयाँले गिरावट भएर ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसपछिका तीन दिन भने सुनचाँदीको मूल्य नतोकिएकाले सोहि मूल्यमा कारोबार भएको थियो ।
सोमबार सुनसँगै चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार २५० रुपैयाँमा खरिदबिक्री हुँदैछ । तिहार अघिको अन्तिम कारोबार दिन चाँदीको भाउ स्थिर रहेर प्रतितोला एक हजार २२५ रुपैयाँ कायम रहेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस