पोखरा-३० वडा कार्यालयको सार्वजनिक सुनुवाई तथा योजना तर्जुमाबारे छलफल
- गाउँ सहर संवाददाता
- ३१ जेठ आइतबार, २०८३ | १९:३५:०० मा प्रकाशित
पोखरा । पोखरामहानगर पालिका वडा नं –३० वडा कार्यालयको सार्वजनिक सुनुवाई तथा योजना तर्जुमाबारे छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वडा नं –३० वडा कार्यालयका सेवा सम्बन्धमा सेवाग्राहीहरुका गुनासाहरुको सम्बोधन गर्दै वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले आफूहरु जनताबाट नै निर्वाचित भएर आएका हुनाले जनचाहना विपरीतका कार्य नगरेको तथा बाँकी कार्यकालमा पनि जनचाहना अनुरुप नै चल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

३० नं वडा कार्यालयले व्यक्तिगत घटना दर्ता, सिफारिस, विकास निर्माणका कार्यहरु लगायत कहींकतै कसैलाई भेदभाव नगरी सबैको अपनत्व हुनेगरी अगाडि बढेको उनको भनाइ रहेको थियो ।
कार्यक्रममा कृषि सञ्जाल ३० नं वडाका संयोजक,विभिन्न राजनैतिक दलका प्रतिनिधि, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष र बरिष्ठ उपाध्यक्ष,पूर्व वडाध्यक्ष ,सरकारी तथा निजी विद्यालयका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए भने प्रतिनिधिमूलक रुपमा उपस्थित रहेका विभिन्न टोल विकास संस्था, आमा समूहका प्रतिनिधिहरुले महानगर तथा वडाको बजेट सम्बन्धी चासो राख्दै आआफ्ना टोल एवम् समूहले पेश गरेका योजनालाई अबको बजेटमा समावेश गरिदिन आग्रह गरेका थिए । कार्यक्रम कार्यपालिका सदस्य समेत रहेकी वडा सदस्य भीमकुमारी गर्वुजाले गरेकी थिइन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस