वातावरण

आज लक्ष्मी पूजा, यस्ताे छ माैसम

तस्बिरः मदन गुरूङ्ग ।

काठमाडाैँ । आज बिहीबार अर्थात् लक्ष्मी पूजा । जल तथा माैसम विभागका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १ को पहाडी भू-भागका एकदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, गण्डकी, कर्णाली प्रदेशका हिमाली भू-भागका एकदुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता