पोखरा म्याराथनमा पहिलाे हुनेले ४ लाख पाउने
- गाउँ सहर संवाददाता
- १७ कार्तिक बुधबार, २०७८ | १३:२८:०० मा प्रकाशित
काठमाडौं । १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने भएको छन् ।
आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै खुल्ला म्याराथनको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने बताएको छ ।
आयोजकले खुल्ला म्याराथनमा यो नै सर्वाधिक पुरस्कार राशी हुने बताएको छ ।
यस्तै दोस्रो हुनेले २ लाख, तेस्रोले १ लाख र चौथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
आगामी वर्षदिन भित्र म्याराथनको अन्तराष्ट्रिय छाता एम्समा दर्ता गराउने योजना अनुसार पुरस्कार राशी १० लाख पुर्याउने लक्ष्य सहित अघि बढेको आयोजकले जनाएको छ ।
चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुसार खेलकुदमार्फत पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यले सुरु गरिएको पोखरा म्याराथन यस वर्ष फागुन ७ गते आयोजना हुने भएको छ ।
आयोजकले प्रतियोगिताको सफल आयोजनाका लागि २१ उपसमिति गठन गरेको जनाएको छ ।
आयोजकले म्याराथन सहित १० किलो मिटर पुरुष तथा महिला, ५ किलो मिटर छात्र, छात्रा, ह्विल चियर र दृष्टिविहिनको पुरस्कार राशीमा समेत वृद्धि गरिने बताएको छ ।
प्रतियोगिताको कुल खर्च ९३ लाख र आम्दानी १ करोड ५ लाख हुने आयोजकको अनुमान छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस