१७औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन सम्पन्न
- गाउँ सहर संवाददाता
- ६ फाल्गुण शनिबार, २०७९ | २२:३९:०० मा प्रकाशित

पाेखरा । १७ औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि यस वर्ष पनि केन्याका धावकले जितेका छन् । गत वर्षको पोखरा म्याराथन पनि जितेका स्टेफन कोसगेई यस वर्ष पनि विजेता बने । उनले निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घण्टा २० मिनेट ७ सेकेन्डमा पुरा गरे ।
म्याराथनमा केन्या कै अर्का धावक जुलिस मोरुकी प्रतियोगितामा दोस्रो भए । नेपाल आर्मीका हुमलाल श्रेष्ठ तेस्रो भएका छन् । यस्तै केन्या कै सिमोन चौथो भए ।
पोखरा म्याराथनमा उपाधि विजेता स्टेफेनले ५ लाख दोस्रो भएका मोरुकीले ३ लाख र तेस्रो भएका श्रेष्ठले २ लाख रुपैयाँ प्राप्त गरे ।
पोखरा म्याराथनमा पहिलो पटक सहभागी भएका मोरुकीले निर्धारित दूरी २ घण्टा २१ मिनेट ३५ सेकेन्डमा पूरा गरे । नेपाल आर्मीका हुमलाल श्रेष्ठ भने २ घण्टा २५ मिनेट १४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै तेस्रो भएका छन् । यस्तै केन्या कै सिमोन चौथो भए ।
पोखरा म्याराथनमा उपाधि विजेता स्टेफेनले ५ लाख दोस्रो भएका मोरुकीले ३ लाख र तेस्रो भएका श्रेष्ठले २ लाख रुपैयाँ प्राप्त गरेका छन् । भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको म्याराथनमा हजारौँ धावकहरू सहभागी भएका थिएऔँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रन फर फन इभेन्टमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले सहभागिता जनाए । मुख्यमन्त्री अधिकारी र मेयर आचार्यले ५ किलो मिटरको दुरी पुरा गरेका थिए भने म्याराथनमा स्वदेशी तथा विदेशी धावकहरू सहित रन फर फनका लागि धेरै सहभागी भएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस