सुनापति–शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन प्रतियोगिताकाे उपाधि कुलुङलाई (थप तस्वीर)
- गाउँ सहर संवाददाता
- ५ चैत आइतबार, २०७९ | ०७:३४:०० मा प्रकाशित
.jpeg)
रामेछाप । सुनापति–शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।
आदिवासी जनजाति पदमार्ग र पर्यटकीय स्थान सुनापति र शैलुङको प्रचार तथा सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाई झल्काउँदै पर्यटन विकास गर्ने उद्देश्यले पहिलाे पटक अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गरिएको हाे ।
शनिबार भएको ५५ किलोमिटर लामो म्याराथन प्रतियोगितामा पुरूषतर्फ सोलुखुम्बुका धावक सुमन कुलुङ प्रथम भए । यस्तै वेदबहादुर सुनुवार दोस्रो र दुर्गाराज बुढा तेस्रो भए । प्रथम भएक कुलुङले उक्त दुरी ५ घण्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गरेका थिए भने दाेस्राे हुने सुनवारले ५ घण्टा २९ मिनेट ४० सेकेण्डमा र तेस्राे हुने बुढाले ५ घण्टा ४४ मिनेट २० सेकेण्डमा पुरा गरेका थिए ।
त्यसैगरि महिलातर्फ अनिता राई प्रथम, मन्जु राउत दोस्रो र रसिला तामाङ तेस्रो भइन्
सुनापति गाउँपालिकाकाे हिलेदेवी साँदीडाँडाबाट सुरू भएको दौड हिलेदेवी, गाल्वा, खाँडादेवी, दोरम्बा, निगलाबास, डडुवा धारा, घलेडाँडा हुँदै शैलुङ पुगेर सम्पन्न भएकाे हाे ।
प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ३५ हजार र तृतीय हुनेलाई १५ हजार रुपैयाँ नगदको साथमा मेडल पुरस्कार प्रदान गरिएकाे छ ।
प्रतियोगिताअन्तर्गत म्याराथनका लागि स्वदेशी र विदेशी धावकले सहभागी जनाएका थिए ।
त्यसैगरि २५ किलोमिटर म्याराथनमा पुरूषतर्फ क्रमश: मोहन देव जोसी प्रथम, देवराज महतरा द्वितीय र होमलाल श्रेष्ठ तृतीय भए । महिलातर्फ नितु तामाङ प्रथम, राज्यलक्ष्मी रावल द्वितीय र लिन्नेय गोलसेटर तृतीय भइन् ।
उनीहरूले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद र प्रमाणपत्र प्राप्त गरे ।
साे दौडमा सहभागी हुने खेलाडीहरू सुनापतिको हिलेदेवी–गाल्बा–अग्लेश्वरी–दोरम्वा हुँदै शैलुङडाँडा पुगेका हुन् ।
शैलुङडाँडामा मात्र सीमित ५ किलोमिटर म्याराथनमा पुरूषतर्फ सिंगी तामाङ प्रथम भएभने प्रताप खडका द्वितिय रटंक कार्की तृतीय हुन सफल भए । यस प्रतियाेगिताकाे महिलातर्फ भने हुमी बुढा प्रथम, अनुसा तामाङ द्वितीय र लक्ष्मी श्रेष्ठ तृतीय भइन् ।
यस प्रतियाेगितमा प्रथम, द्वितीय र तृतीय हुनेहरूले क्रमश: नगद रू. १५ हजार, १० हजार र ५ हजार रुपैयाँ मेडल प्रमाणपत्र पाए ।
प्रतियोगितामा बेलायत, अमेरिका, स्वीडेन, जर्मनीलगायतका विदेशी धावकहरुले पनि प्रतिस्पर्धा गरे ।
उद्घाटन कार्यक्रममा संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम), प्रदेश सांसद युवराज चाैलागाइ, खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, जिल्ला समन्वय समिति प्रमुख चीना खड्का, गाउँपालिका अध्यक्ष ठुलाेकान्छा तामाङ, उपाध्क्ष गीता विष्ट, दाेरम्बा गाउँपालिकाका अध्यक्ष मैनकुमार माेक्तान, खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ लगायत स्थानीयहरूकाे उपस्थिति रहेकाे थियाे ।
शैलुङ क्षेत्रको इतिहास, संस्कृति र प्रकृतिलाई साहसिक खेलकुदको माध्यमद्वारा उजागर गरी उच्च पहाडी तथा पर्वतीय पर्यटनको विकास गर्ने उद्देश्यले प्रतियाेगिता गरिएकाे रामेछाप पर्यटन विकास केन्द्र, दोरम्बाका अध्यक्ष दावा सङ्बु शेर्पाले बताए।
'खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसार गराउने हाम्रो प्रमुख उद्देश्य हो,' उनले भने।
थप तस्वीरहरू:
तस्वीर साभार- शैलुङ अल्ट्रा

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस