स्वास्थ्य
काेराेनाका सक्रिय संक्रमित अब ९ हजार ३७६, नयाँ ४०८ थपिँदा ५१८ जनाले गरे स्वास्थ्य लाभ
- गाउँ सहर संवाददाता
- १४ कार्तिक आइतबार, २०७८ | १६:३७:०० मा प्रकाशित
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसबाट ८ जनाले ज्यान गुमाएका छन् । योसहित कुल ज्यान गुमाउनेको संख्या ११ हजार ४०७ पुगेको छ ।
यस्तै परीक्षण गरिएका ७ हजार ८९९ मध्ये ४०८ जना नयाँ पहिचान भएका छन् । तर ५१८ जनाले रोग जितेका छन् ।
मन्त्रालयका अनुसार देशमा अब ९ हजार ३७६ सक्रिय संक्रमित रहेका छन् ।
आजसम्म कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ७१ लाख ८९ हजार ६८९ पुगेका छन् भने आजैमात्र ३८ हजार ८१५ ले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार अब ३ जिल्लामा ५०० बढी संक्रमित रहेका छन् । यस्तै २०० बढी संक्रमित हुने जिल्लाहरु १० छन भने सक्रिय संक्रमित नहुने जिल्ला मुगु रहको छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.४ प्रतिशत रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
प्रतिकृया दिनुहोस