कुटाकुटमा उत्रे बहस गर्ने वकिल
- गाउँ सहर संवाददाता
- १२ कार्तिक शुक्रबार, २०७८ | १४:१४:०० मा प्रकाशित
काठमाडाैं । शुक्रबार कानुन व्यवसायीबीच कुटाकुट भएकाे छ ।
शुक्रबार नेपाल बार एसोसिएसनमा बैठक जारी रहँदा परिसरमा कानुन व्यवसायी कुटिएका हुन् ।
अधिवक्ता भूमिनन्द चुडालले सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्ने भन्दै विभिन्न सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिँइरहँदा अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि कुटपिट गरेका हुन् ।
चुँडालले न्यौपानेविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् ।
चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए । “मिडियामा न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हाले,” उनले भने, “मेरो कोट पनि च्यातिएको छ । बहस गर्न आएको थिएँ । अब म कानुनी प्रक्रियामा जान्छु ।”
नेपाल बार एसोसिएसन कार्यसमितिको बैठकभित्र बसिरहेको समयमा बाहिर यस्तो घटना भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसियसनले अदालती कामकारबाही बहिस्कार गरिरहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
प्राप्त प्रतिक्रिया
Seriously
प्रतिकृया दिनुहोस