स्वास्थ्य
जब पक्षघातकाे कुरा आउँछ, हरेक मिनेट महत्वपूर्ण हुन्छ
- गाउँ सहर संवाददाता
- १२ कार्तिक शुक्रबार, २०७८ | ११:३८:०० मा प्रकाशित
काठमाडौँ । आज विश्व पक्षघात दिवस, विभिन्न सचेतनामूलक कार्यक्रमहरू गरि मनाइँदैछ ।
यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि विभिन्न सूचना र कार्यक्रमहरू गरेर मनाउँदै छ ।
उसले भनेको छ- जब पक्षघातको कुरा आउँछ, हरेक मिनेट महत्वपूर्ण हुन्छ ।
मन्त्रालयका अनुसार मस्तिष्कको कुनैपनि भागमा रगत आपूर्ति बन्द हुनुलाई स्ट्रोक अर्थात पक्षघात भनिन्छ । यसका लक्षणहरू पहिचान गरी तुरून्तै अस्पताल गएमा ज्यान जोगाउन तथा अपाङ्गता हुने सम्भावना कम गर्न सकिन्छ ।
पक्षघातको मुख्य लक्षणहरू ः
- एकापट्टिको मुख बाङ्गो हुनु ।
- शरीरको एक पाटो झमझमाउनु वा कमजोर भएको महशुष हुनु ।
- बोली लरबरिनु वा बोल्न नसक्नु ।
कसरी रोक्ने ?
- मानसिक तनाव कम गरेर ।
- अस्वस्थ जीवनशैली त्यागेर ।
- धूमपान नगरेर ।
- मदिरापान नगरेर ।
- उच्च रक्तचाप नियन्त्रण गरेर ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस