भारी वर्षाको जोखिम : अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको आग्रह
- गाउँ सहर संवाददाता
- ७ असोज बुधबार, २०८३ | १९:०३:०० मा प्रकाशित
काठमाडौँ। सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। हाल विभिन्न क्षेत्रमा वर्षा भइरहेकाले सम्भावित जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन मन्त्रालयले अनुरोध गरेको हो।
निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट दुर्घटना, चोटपटक र अन्य जनस्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्न आग्रह गरेको छ। साथै, आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न र विपद्का समयमा स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक व्यवस्थापन गर्न निर्देशन दिइएको छ।
सम्भावित विपद्को समयमा तत्काल उपचार तथा उद्धारसम्बन्धी स्वास्थ्य सेवा प्रभावकारी बनाउन अस्पताल तथा स्वास्थ्य संस्थाले आफ्नो आपत्कालीन तयारीलाई थप मजबुत बनाउनुपर्ने मन्त्रालयले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संघीय निजामती विधेयक : नयाँ तहगत संरचना प्रस्ताव, अन्य के छन् खास कुरा ?
- भोटेकोशी बाढीमा उद्धार चरण सकियो, अब पुनर्लाभ र अस्थायी आवास निर्माणको काम अघि बढ्ने
- सङ्घीय निजामती सेवा विधेयक संसद्मा लैजान सरकारको स्वीकृति, यी हुन् मन्त्रिपरिषद्का प्रमुख निर्णय
- गण्डकीमा बाढीपहिरोको कहर, पुल बग्यो, ६ जनाको मृत्यु
- सोमबारदेखि मौसममा सुधार आउने
- ऊर्जाका आयोजनामा अवरोध गर्नेलाई कारबाही गर्ने सभापति थापाको प्रतिबद्धता
- तीन जिल्लाका छ पालिकामा भारी वर्षाको जोखिम, सतर्क रहन आग्रह
- एमालेमा विद्यादेवी भण्डारीलाई दोस्रो वरीयताको वरिष्ठ नेताको जिम्मेवारी
- भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
- दुई महिनामा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो
प्रतिकृया दिनुहोस