के एण्ड के इन्टरनेसनल कलेजमा ‘मनोत्सव २०८३’ भव्य रूपमा सम्पन्न: मनोविज्ञान र मानसिक स्वास्थ्य सचेतनाको विशेष उत्सव
- गाउँ सहर संवाददाता
- २१ जेठ बिहीबार, २०८३ | २१:४५:०० मा प्रकाशित
काठमाडौँ । राजधानीको नयाँ बानेश्वरस्थित के एण्ड के इन्टरनेसनल कलेजले नेपालमै पहिलो पटक ‘के एण्ड के मनोत्सव २०८३ : द फेस्टिभल अफ माइन्ड्स’ (The Festival of Minds) भव्य रूपमा सम्पन्न गरेको छ। कलेजको मनोविज्ञान विभाग र साइकोलोजी एम्बासडरहरूको सक्रिय सहभागिता तथा बीए साइकोलोजीमा अध्ययनरत विद्यार्थीहरूको अग्रसरतामा आयोजित यो महोत्सव नेपालको शैक्षिक इतिहासमै एक नौलो र ऐतिहासिक अभ्यास बनेको छ। आधुनिक समाजमा मनोविज्ञान, मानसिक स्वास्थ्य, सिर्जनशीलता र समग्र व्यक्तित्व विकासको महत्त्वलाई आमजनमानससम्म पुर्याउने उद्देश्यले आयोजित यस उत्सवलाई कलेजले विद्यार्थीहरूको शैक्षिक अभ्यास र व्यावहारिक सिकाइको एक सशक्त प्लेटफर्मका रूपमा स्थापित गरेको छ।
.jpg)
एकदिने यस मनोत्सवमा विद्यार्थी तथा अवलोकनकर्ताहरूलाई आकर्षित गर्ने विविध र आकर्षक गतिविधिहरू समावेश थिए। जसमा मानव मस्तिष्क, भावना र व्यवहारिक विज्ञानका जटिल पक्षहरूलाई प्रयोगात्मक रूपमा प्रस्तुत गरिएको ‘मनोविज्ञान प्रदर्शनी’ विशेष आकर्षणको रूपमा रह्यो। यसका अतिरिक्त, विद्यार्थीहरूको बौद्धिक र रचनात्मक क्षमता प्रस्फुटन गराउन हाजिरीजवाफ र चित्रकला प्रतियोगिता, तनाव व्यवस्थापन र शारीरिक-मानसिक सन्तुलन कायम गर्न ‘सोमाटिक रिलिज’ अभ्यास, तथा साङ्गीतिक माध्यमबाट मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘म्युजिक एन्ड वेलनेस’ कार्यक्रम आयोजना गरिएका थिए। सहभागीहरूका लागि स्वादिष्ट परिकारका स्टल र खेलकुदका मनोरञ्जनात्मक विकल्पहरूले कार्यक्रमलाई थप जीवन्त बनाएका थिए।
यस महोत्सवका सम्बन्धमा कलेजका व्यवस्थापन कार्यक्रम निर्देशक सिन्धु माधव ढकाल र प्रशासन प्रमुख किरण भट्टराईले यस्ता नवीन र सिर्जनात्मक कार्यक्रमहरूले विद्यार्थीहरूलाई केवल पाठ्यपुस्तकको सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक संसारसँग साक्षात्कार गराउन र उनीहरूमा नेतृत्व क्षमता (Leadership Skills) विकास गर्न प्रत्यक्ष सघाउ पुर्याउने विश्वास व्यक्त गरे। कलेजले आगामी दिनमा पनि विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, आत्मविश्वासको विकास र मानसिक स्वास्थ्य सचेतना अभिवृद्धिका लागि यस्ता अभियानहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
.jpg)
कार्यक्रमको समापन समारोहमा विभिन्न विधाका विजेताहरू तथा उत्कृष्ट सहभागिता जनाउने विद्यार्थीहरूलाई मायाको चिनो तथा पुरस्कार वितरण गरिएको थियो। यस मनोत्सवले विद्यार्थी, प्राध्यापक तथा सहभागीहरूबीच आपसी अनुभव आदानप्रदान गर्दै सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजक टिमले जनाएको छ। उल्लेख्य छ कि के एण्ड के इन्टरनेसनल कलेजले लामो समयदेखि उच्च माध्यमिक (+२) तहसहित स्नातक तहमा बीबीए, बीबीएस, बीसीए, बीएसडब्लू, बीए साइकोलोजी, बीए जेन्डर स्टडिज तथा स्नातकोत्तर तहमा एमबीएस, एमए साइकोलोजी, एमए रूरल डेभलप्मेन्ट र एमए जेन्डर स्टडिजजस्ता विविध र समयसापेक्ष प्राज्ञिक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आइरहेको छ। नेपालमै पहिलो पटक यस्तो प्रकारको ‘मनोत्सव’ आयोजना गरेर कलेजले शैक्षिक क्षेत्रमा एक नयाँ मानक स्थापित गरेको छ, जसले अन्य शैक्षिक संस्थाहरूका लागि समेत प्रेरणाको काम गर्ने अपेक्षा गरिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस