शिक्षा

डायमण्ड मावि तालचोकमा उत्प्रेरणात्मक तालिम

लेखनाथ । पोखरा महानगरपालिका २७ तालचोक स्थित डायमण्ड माविमा विद्यार्थीहरूको लागि एक दिने उत्प्रेरणात्मक तालिम सम्पन्न भएको छ । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूका लागि नेपालका ख्यातिप्राप्त उत्प्रेरक रवि किरण श्रेष्ठद्वारा २ चरणमा सो तालिम प्रदान गरिएको हो ।

गीत, सङ्गीत र ध्यानको संयोजनद्वारा तालिममा प्राप्त सन्देश विद्यार्थीको अनुभूतिको गहिराइ सम्म पुगेको विचार सहभागी कक्षा १० मा अध्यन गर्ने विद्यार्थी आर्यन जिसीले व्यक्त गरे । कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल यमवहादुर रोकाले स्वागत र विद्यालयका संस्थापक निर्देशक माधवशरण उपाध्यायले धन्यवाद ज्ञापन गरेका थिए ।

गाउँ सहर संवाददाता