मुक्तिनाथ बैंकले ल्यायो दुर्घटना बीमा, मासिक ब्याजसहित थुप्प्रै निःशुल्क सुविधा
- गाउँ सहर संवाददाता
- ७ कार्तिक आइतबार, २०७८ | १५:५८:०० मा प्रकाशित
काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने, रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बीमा सुविधा भएको मासिक ब्याज आर्जन हुने “मुक्तिनाथ उत्कृष्ट बचत खाता” सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुले मात्र रु १०,०००/– को न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकहरूलाई वार्षिक सर्वाधिक ब्याजदर ५.५०% को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।
साथै पहिलो वर्षको लागि निशूल्क भिजा डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाईल बैंकिङ्ग तथा निःशुल्क इन्टरनेट बैंकिङ्ग को सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय वृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।
यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
प्रतिकृया दिनुहोस