अर्थतन्त्र

शुक्रबार सुनचाँदीकाे कति मूल्यमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार शुक्रबार सुनको मूल्य स्थिर रहेको हो ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ७०० रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २५० रुपैयाँ कायम गरिएको छ ।

सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा नै कारोबार भएको थियो भने बिहीबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार थियो । शुक्रबार चाँदी तोलाको १० रुपैयाँले घटेको हो ।

गाउँ सहर संवाददाता