सुनको भाउमा ताेलामै नाघ्यो २ लाख
- गाउँ सहर संवाददाता
- १३ भदौ शुक्रबार, २०८२ | ११:१८:०० मा प्रकाशित
काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ ।
आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो ।
यसअघि साउन २३ गते १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनेको थियो ।
त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २३५५ रुपैयाँ रहेको चाँदी आज २३६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि उच्चतम हो ।
अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपाली बजारमा पनि प्रभाव परेको महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए । ‘अन्तर्राष्ट्रिय बजारमा जसरी मूल्य घटबढ हुन्छ, त्यसैगरी नेपाली बजारमा समायोजन हुँदै आएको छ’ उनले भने । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३४ सय डलर नाघेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस