पछिल्लो २४ घण्टामा ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १० जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २४ असोज आइतबार, २०७८ | १७:५१:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९ हजार २ सय ३७ पीसीआर परीक्षण गर्दा ५६५ जना र ३ हजार १६७ एन्टिजेन परीक्षण गर्दा ३१ गरी ५९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने ८७१ जना निको भएका छन् ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २ हजार १९८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार २३१ पुगेको छ भने ७ लाख ७५ हजार ९४३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २४ जना रहेका छन् । जसमध्ये १३ हजार ८५९ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १६५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३२२ जना आईसीयू र ११३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३४ जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै १० वर्ष मुनिका १९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १७२, ललितपुरमा ५३, मोरङमा ४९, कास्की र सुर्खेतमा ४२/४२ जना, रुपन्देहीमा ३१, सुनसरीमा २१, भक्तपुरमा १८ तथा झापा, नुवाकोट र बागलुङमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस