‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष
- गाउँ सहर संवाददाता
- २० श्रावण बुधबार, २०८३ | १८:५२:०० मा प्रकाशित
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेका धवलशम्शेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नयाँ पार्टी खोल्न लागेका छन्।
राणा र प्रसाईंको अगुवाइमा नयाँ पार्टी घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ। साउन २८ गते नयाँ पार्टी घोषणा र दर्ता गर्ने तयारी भइरहेको राणाले बताए। ‘हामीले जय नेपाल पार्टी नाम राख्ने तय गरेका छौं,’ राणाले गाउँसहरसँग भने।
राप्रपाका महामन्त्री राणाले गत जेठ १७ गते पार्टी परित्याग गरेको घोषणा गरेका थिए। उनीसँगै राप्रपाका १८५ नेताले पनि पार्टी परित्याग गरेका थिए।
राणाले गत जेठ २२ गते प्रसाईंसँग नयाँ पार्टी खोल्ने सहमति गरेका थिए। लामो समयदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान चलाइरहेका प्रसाईं पनि नयाँ पार्टी खोल्न राणासँग सहमत भएका थिए।
त्यसयता दुवै जना नयाँ पार्टी खोल्ने तयारीमा जुटेका थिए। अब तयारी पूरा भएको राणाले बताए। उनका अनुसार, पार्टी नेतृत्वबारे पनि टुंगो लागिसकेको छ।
जय नेपाल पार्टीको अध्यक्ष राणा रहनेछन्। त्यस्तै, प्रसाईं सर्वोच्च नेता रहने सहमति भएको राणाले जानकारी दिए।
नयाँ पार्टीबारे साउन २८ गते घोषणाका दिन विस्तृत जानकारी दिइने उनको भनाइ छ। त्यही दिन दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने उनले बताए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस