बुद्धिमाया पुनको नेतृत्वमा १०१ सदस्यीय केन्द्रीय समिति घोषणा
- गाउँ सहर संवाददाता
- २४ असोज आइतबार, २०७८ | ०९:२८:०० मा प्रकाशित

काठमाडौँ । तेस्रो महाधिवेशनको तयारीमा रहेको नेपाल परिवार दलको भातृ संगठन नेपाल महिला परिवारको विशेष भेला काठमाडौँमा शनिबार सम्पन्न भएको छ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालको आतिथ्यतामा सम्पन्न भेलाले १०१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । जसमा ७० जना निर्वाचित र ३१ जना पछि समितिले मनोनयन गर्ने गरी १०१ सदस्य घोषणा गरिएको छ ।
महिला परिवारको संयोजककमा दलका केन्द्रीय सदस्य बुद्धिमाया पुन, सह संयोजकमा केन्द्रीय सदस्य रिता महतो महासचिवमा धर्मी भुसाल, प्रवतामा जानकी घिमिरे, कोषाध्यक्षमा हरिमाया गुरुङ, सदस्यहरुमा यनुका पौडेल गायिका प्राश्ना पाण्डे, शान्ति अधिकारी लगायत १०१ जना रहेका छन ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले परवर्तनका उपलब्धिहरु संस्थागत विकास गर्न र देशलाई पश्चगामी र यथास्थितिवादीहरुबाट मुक्त गर्न सम्पूर्ण महिला शक्ति एकजुट भएर अघि बढ्नु पर्ने बताए ।
पूर्वमन्त्री समेत रहेका नेता ढकालले पटक पटक जनादेशको अपमान गर्नेहरुलाइ जनताले अस्विकार गरि नयाँ सोच र विचार बोकेको शक्तिलाई स्थापित गरि मुलुकको विकास र समृद्धिको यात्रालाइ तिब्रता दिनु पर्ने बताए । ढकालले प्रतिशोधको राजनीतिले नागरिकले दुख पाउने र देशको अमुल्य समय खेर जाने बताए ।
नेता ढकालले थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न सरकारलाई सुझाब समेत दिए । अध्यक्ष ढकालले आगामी निर्वाचन अघिनै वर्तमान निर्वाचन प्रणालीमा व्यापक सुधार गरि प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद लगायत ब्यबस्था गर्न र संविधानलाई सर्वस्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागि एक संविधान सुधार सिफारिस आयोग गठन गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा शुभकामना दिँदै नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम सभासद कौशल शाहले मुलुक परिर्वतन हैन देशमा भएका संरचनाहरुमा परिर्वतन आवश्यक रहको बताउँदै महिला परिवारले नेपाली महिला आन्दोलनमा पुरयाएको योगदानको चर्चा गरे ।
कार्यक्रममा बोल्दै दलका प्रवक्ता सन्तोषकुमार पौडेलले महिला सशक्तिकरण र सम्पूर्ण वर्ग र क्षेत्र, जाति र समुदायको सबै क्षेत्रमा समानुपातिक सहभागीता तथा प्रतिनिधि गराउनु पर्ने कुरामा जोड दिए ।
दलका महामन्त्री बिनोद डाँगीले पार्टी स्थापना पश्चात भएका महत्वूर्ण कार्यक्रमको बारेमा जानकारी दिँदै देशप्रतिको निष्ठा र जनसेवामा परिवार दलसंग अन्य कुनै दलको तुलना नहुने भन्दै परिवर्तनको प्रतिनिधित्व परिवार दलले मात्र गर्न सक्ने बताए ।
केन्द्रीय सदस्य गणेश कुमार श्रेष्ठले जनताले दूई तिहाई मत दिँदा पनि देशले स्थीर सरकार पाउन नसकेको तथ्य उल्लेख गर्दै परिवार दलले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको पक्षधर शक्तिहरुसंग सहकार्य गरेर अगाढि बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल महिला परिवारकी संयोजक एवम् सभासद मिलन कुमारी राजबंशीले शान्ति, संवाद र पारस्पारिक सहअस्तित्वमा विश्वास गर्ने पार्टी भएको र राष्ट्रलाई भ्रष्टचार मुक्त बनाउन महिला परिवारले भूमिका खेल्ने बताईन । सभासद राजबंशीले महिला परिवारको प्रतिवेदन बाचन गरेकी थिइन् ।
परिवार दलले देशभरी आफ्नो संगठन विस्तार तथा कार्यक्रमलाई तिब्रता दिएको छ ।
सो विशेष भेलामा दलका केन्द्रीय सदस्यहरु, विभिन्न भातृसंगठनका प्रमुखहरु लगायत दशैभरीबाट सयौँको संख्यामा महिलाहरुको सहभागिता रहेको थियो ।
गायक जय कुमार चौधरी गायिका प्राश्ना पाण्डे लगायतले सांगेतिक कार्यक्रम प्रस्तुत गरेको कार्यक्रमको संञ्चालन महिला परिवारी महासचिव धर्मी भुसालले गरेकी थिईन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस