काेराेनाबाट निकाे हुनेकाे प्रतिशत ९६.६, थप ९६८ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित अब १६ हजार २४८
- गाउँ सहर संवाददाता
- १९ असोज मंगलबार, २०७८ | १७:००:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ ।
मंगलबार १ हजार ११४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो ९६.६ प्रतिशत हो । हाल देशभर १६ हजार २४८ सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ११ हजार ५८२ पीसीआर तथा ४ हजार ४६० एन्टिजेन परीक्षण भएको छ ।
अहिले सघनमा ३३५ र भेन्टिलेटरमा उपचारार्थ संक्रमितको संख्या १२२ छ । २३७ जना क्वारेन्टाइनमा, १५ हजार ११७ आइसोलेशन र संस्थागत आइसोलेशनमा रहनेको संख्या १ हजार १३१ रहेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.८ प्रतिशत रहेको छ भने मृत्यु प्रति दशलाखमा ३७६.८ रहेको छ । उसका अनुसार ८ जिल्लामा ५०० बढी संक्रमित छन् भने २०० माथि संक्रमण रहेका जिल्लाहरू १९ छन् ।
मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार २६८, भक्तपुरमा ६१९ र ललितपुरमा ७८८ सक्रिय संक्रमित रहेका छन् ।
आजसम्म पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ९ हजार १९६ पुगेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस