नयाँ कोरोना संक्रमित ६७९ थपिए, १ हजार ४०५ डिस्चार्ज, सक्रिय संक्रमण १६ हजार ८०४
- गाउँ सहर संवाददाता
- १७ असोज आइतबार, २०७८ | १६:४४:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ११ हजार १६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९२० को परीक्षण गर्दा नयाँ ६९७ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या पिसिआर परीक्षणबाट ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट ९२ हजार ३४ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समयमा निको हुनेको संख्या १ हजार ४०५ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ६९ हजार २२४ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले ३३७ जना संक्रमित सघन र १०४ जनाको भन्टिलेटरमा उपचारार्थ छन् । देशभरका संस्थागत क्वारेन्टाइनमा रहनेको संख्या २५२, होम आइसोलेशनमा रहने १५ हजार ५३७ र संस्थागत आइसोलेशनमा १ हजार २७० रहेका छन् ।
देशमा सक्रिय संक्रमण १६ हजार ८०४ मा रहेको छ ।
मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ९६.५ छ । पूर्ण खोप लगाउनेको संख्या ६३ लाख ५२ हजार ३२२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र २६ हजार ४१९ जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.९ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३७६.३ रहेको छ । अझैपनि ८ जिल्लामा ५०० बढी संक्रमित र १९ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस