कोरोनाभाइरसबाट विश्वमा २३ करोड ४५ लाख बढी संक्रमित, निको हुने २१ करोड माथि, नेपालमा खाेपमा प्रगति
- गाउँ सहर संवाददाता
- १५ असोज शुक्रबार, २०७८ | ०५:३१:०० मा प्रकाशित

काठमाडौँ । विश्वव्यापी महामारी कोरोनाभाइरसका कारण अहिलेसम्म २३ करोड ४५ लाख १३ हजार ३८२ जना संक्रमित भएका छन् भने २१ करोड १३ लाख ८ हजार ५३१ ले भने रोग जितेका छन् । यसमा ४७ लाख ९६ हजार ११३ ले भने ज्यान गुमाएका छन् ।
यो समाचार तयार पार्दासम्म सक्रिय संक्रमितको संख्या विश्वमा अब १ करोड ८४ लाख ८ हजार ७३८ रहेको छ । वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार कुल सक्रिय संक्रमितमध्ये ८८ हजार ९५८ जनाको अवस्था भने चिन्ताजनक छ जुन ०.५ प्रतिशत हो ।
अहिलेसम्मका केशहरू मध्ये ९९.५ प्रतिशत डिस्चार्ज भएका छन् भने २ प्रतिशतको मृत्यु भएको इन्फोले बताएको छ । स्वास्थ्य मापदण्ड र खोपका कारण अहिले भाइरस तल परेको अवस्था छ ।
भाइरसका कारण अमेरिका, भारत, ब्राजिल, बेलायत, रशिया, टर्की, फन्स, इरान, अर्जेनिटना र स्पेन सबैभन्दा बढी प्रताडित छन् ।
नेपालमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ११ हजार १३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ १ हजार ७८ संक्रमित थपिएका छन् । सोसहित कुल संक्रमितको संख्या पिसिआर परीक्षणबाट ७ लाख ९५ हजार ६१ र एन्टिजेन विधिबाट ९१ हजार ५५३ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समयमा निको हुनेको संख्या ९११ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ६५ हजार ७५८ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले ३५३ जना संक्रमित सघन र ११७ जनाको भन्टिलेटरमा उपचारार्थ छन् । देशभरका संस्थागत क्वारेन्टाइनमा रहनेको संख्या २३८, होम आइसोलेशनमा रहने १६ हजार ८०२ र संस्थागत आइसोलेशनमा १ हजार ३६६ रहेका छन् ।
देशमा सक्रिय संक्रमण १८ हजार १६८ मा रहेको छ ।
मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ९६.३ छ । पूर्ण खोप लगाउनेको संख्या ६२ लाख ८५ हजार ७४० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र २ लाख ८९ हजार ३८१ जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.९ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३७५.३ रहेको छ । अझैपनि ९ जिल्लामा ५०० बढी संक्रमित र १९ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
प्रतिकृया दिनुहोस