बजारकाे सन्देशः छाेटाे हाेइन लामाे लगानी गर, ७० दशमलव शून्य १ अंककाे गिरावट
- गाउँ सहर संवाददाता
- १२ असोज मंगलबार, २०७८ | १९:३१:०० मा प्रकाशित
काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ६१ प्रतिशत अर्थात् ७० दशमलव शून्य १ अंकले घटेको छ ।आज नेप्से परिसूचक २ हजार ६१५ दशमलव ४० विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २१८ ओटा धितोपत्रको १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयरको ७५ हजार ३७४ पटकमा रू. ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७८ बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका २१८ ओटा धितोपत्रमध्ये मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ७५३ र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य रू.२४८ दशमलव ८० पुगेको छ । त्यसैगरी हिमालयन पावर पार्टनर,नेपाल हाइड्रो डेभलोपर्स र गोर्खाज फाइनान्सको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।
.png)
पछिल्लो समय बजार घट्नुको प्रमुख कारण बैंक तथा वित्तीय संस्थामा तरलता अभावलाई प्रमुख मानिएको छ । नेपाल राष्ट्र बैंकले लागू गरेको सीसीडी अनुपातको कारण तरलता व्यवस्थापनमा कठिनाइ भएको बैंकरहरुले बताएका छन् । त्यसोत बजार ३ हजार २०० मा पुगेर अहिले २ हजार ६०० विन्दुमा आएको छ, यस्तो अवस्थामा नवप्रवेशी लगानीकर्ता र साना लगानीकर्ताहरुले आत्तिएर शेयर विक्री गरिरहेको पाइएको छ । उनीहरू २५ सय तल जानसक्ने भनेर चिन्तित पनि देखिएका छन् । तर यसैबिच केहि विश्लेषकहरूले भने बजार साेभन्दा तल जानसक्ने पनि बताइरहेका छन् ।
शेयरबजार तलमाथि भइरहनु स्वभाविक भएकाले लगानीकर्ताहरुले विवेक पुर्याएर छाेटाे समयभन्दा पनि लामाे प्रकृतिकाे लगानी गर्न जानकारहरू सुझाइरहेका छन् । दशैँ अघिकाे बजार साेचेजस्ताे नभएकाे उनीहरूले बताइरहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस