अर्थतन्त्र

शुक्रबार सुनको भाउमा सामान्य गिरावट, चाँदी उकालाे

काठमाडाैं । शुक्रबार सुनको भाउमा सामान्य गिरावट आएको छ । यसदिन सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको भाउ प्रतितोला ८८ हजार ५५० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन सुन तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ८९ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

शुक्रबार चाँदीको मूल्य भने उकालो लागेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजर १६० रुपैयाँमा खरिदबिक्री हुँदैछ । बिहीबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १५५ रुपैयाँ तोकिएको थियो ।

गाउँ सहर संवाददाता