ललितानिवास प्रकरणमा तानेर मेरो ५० वर्षको राजनीतिक जीवन ध्वस्त पार्ने षड्यन्त्र भयो : गच्छदार
- गाउँ सहर संवाददाता
- ६ असोज बुधबार, २०७८ | १४:४७:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले ललितानिवास प्रकरणमा तानेर आफ्नो राजनीतिक जीवन समाप्त पार्न लागिपरेको बताएका छन् ।
उनले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
गच्छदारले राष्ट्रलाई हानी पुग्ने र आफूलाई मात्र लाभ हुन गरी कुनै गैरकानूनी काम नगरेको दावी गरेका छन् । उनले आफू निर्दोष भएको समेत दाबी गरेका छन् ।
आफू पटक-पटक उपप्रधानमन्त्री भए पनि कानूनले दिएको सुविधाबाहेक कुनै लाभ नलिएको उनको स्पष्टीकरण छ । आज पत्रकारहरूमाझ कुरा गर्दै गच्छदारले काठमाडौंमा आफू भाडाको घरमा बसिरहेको बताए ।
उनले भने, ‘यति लामो समय मन्त्री भएको नेताको काठमाडौंमा बास बस्ने आफ्नो निजी निवास पनि नभएको र भाडाको घरमा बसिरहेको कुरा सुन्दा यहाँहरूलाई आश्चर्य पनि लाग्न सक्ला तर यथार्थ यही हो ।’
गच्छदारले मन्त्रिपरिषद्ले गरेको सामूहिक निर्णयमा राजनीतिक पूर्वाग्रहले आफूलाईमात्र फसाउन खोजिएको बताए । उनले राजनीतिक पूर्वाग्रहकै कारण केही व्यक्तिलाई उन्मुक्ति दिइएको आरोप लगाए ।
उनले आफ्नो जीवन खुल्ला किताबजस्तो भएको बताए । ५० वर्षका अनवरत राजनीतिक यात्रामा आफूले कठोरभन्दा कठोर दिनहरूसँग जुधेको भन्दै उनले आफूमाथि राजनीतिक प्रतिशोध साँध्ने काम भएको दावी गरे ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस