वातावरण

आज मंगलबार यी प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहितकाे वर्षा

काठमाडौँ । आज २०७८ आश्विन ५ गते मंगलबार जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता