गाउँ सहर

प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो भन्छ- झुट चिठ्ठाबाट बच्नुहाेस्

काठमाडाैँ । प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो भोटाहिटी काठमाण्डौँले सूचना जारी गरी विगत केही समय देखी केही व्यक्ति/अपराधिक समुहले प्रविधिको दुरुपयोग गरी सामाजिक संजाल WhatsApp, Viber, Imo लगायतका विभिन्न Social Apps मार्फत भिडियो, अडियो तथा Text Message गरी तपाइँलाई यति रकम चिठ्ठा परेको छ र उक्त चिठ्ठा परेबापत Tax Clearance गर्नु पर्ने भएकोले बैङ्क तथा Online Payment Gateway मा पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढीरहेको पाईएको हुँदा यस्ता भ्रामक कुरामा विश्वास नगरी प्रविधिको दुरुपयोगबाट बच्न तथा ठगी हुन बाट सतर्कता अपनाउन अनुरोध गरेकाे छ ।

गाउँ सहर संवाददाता