गाउँ सहर
आज कुशेऔँसी अर्थात बुवाकाे मुख हेर्ने दिन
- गाउँ सहर संवाददाता
- २२ भदौ मंगलबार, २०७८ | ०७:३३:०० मा प्रकाशित
काठमाडौँ । कुशेऔँसीका दिन मङ्गलबार सनातन हिन्दुु धर्मावलम्बीले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गर्ने कुश घर–डेरामा भित्र्याउँदै छन् ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी छेदन गरेर यजमानहरू कहाँ पु-याइएको कुश घर–डेरामा राख्दा परिवारको कल्याण हुन्छ भन्ने मान्यता छ । हिन्दुले कुश, पीपल, शालिग्राम र तुलसीलाई विष्णु भगवानकाे प्रतीक मान्छन् ।
गोकर्णे औँसीका नामले पनि चिनिने यो दिन छोराछोरीद्वारा बाबुलाई मन पर्ने पहिरन, भोजन तथा सक्नेले आभूषणसमेत प्रदान गरेर सम्मानसाथ बाबुको मुख हेर्ने प्रचलन छ । बाबु नहुनेहरू पवित्र स्थानमा गई बाबुको नाममा श्राद्ध तर्पण तथा ब्राह्मणलाई दान दिने गर्छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
प्रतिकृया दिनुहोस