महाधिवेशनपछि राप्रपाले फड्को मार्ने - लावती
- गाउँ सहर संवाददाता
- १९ भदौ शनिबार, २०७८ | १८:४५:०० मा प्रकाशित
ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले महाधिवेशनपछि राप्रपाले फड्को मार्ने बताएका छन् ।
‘राजा सहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्रको नारा देशव्यापी रुपमा लोकप्रिय हुँदै गएको अवस्थामा, राष्ट्रिय प्रजातन्त्र पार्टी जनताबीच स्थापित हुने निश्चित छ,’ राप्रपाका कार्यसम्पादन समिति सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष लावतीले शनिबार भने ।
प्रजातान्त्रिक दलको रुपमा राप्रपाले पूर्ण रुपमा विधी र विधानलाई सर्वोपरी मानेर अघि बढ्नु पर्ने लावतीको भनाइ थियो ।
पार्टीको विधान अझै प्रजातान्त्रिक र थप समावेशी बनाए विगतका टुटफुटका तितो अनुभवलाई सही व्यवस्थापन गर्न सकिने उनको भनाइ थियो ।
‘देशलाई भरपर्दो प्रजातान्त्रिक विकल्प दिन, राप्रपाले युवाहरुलाई पूर्ण रुपमा आकर्षण गर्नु पर्दछ,’ उनले भने ।
युवा नेता लावतीले राप्रपा ताप्लेजुङ जिल्ला कार्य समितिद्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै सो विचार व्यक्त गरेका हुन् ।
राप्रपा ताप्लेजुङका अध्यक्ष अमृत साउदेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरु बबिना मोक्तान लावती र तेज सुनवार, राप्रपा पाँचथर अध्यक्ष राजकुमार जोशी, राप्रपा ताप्लेजुङका सहअध्यक्ष डिल्ली विष्ट, जिल्ला नेताहरु गायत्री थेबे, सुरेश लिम्बु, बेनु ओझा, नरेन्द्र पौडेल, याम कुमार दाहाल लगायतको उपस्थिति थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
प्रतिकृया दिनुहोस