कोरोनाबाट थप २३ जना संक्रमितको मृत्यु, थपिने घटे—निको हुने बढे
- गाउँ सहर संवाददाता
- १८ भदौ शुक्रबार, २०७८ | १६:१८:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप २३ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार ३३४ को परीक्षण हुँदा १ हजार ७५६ संक्रमित थपिएका छन् ।
आजसम्म जम्मा ३९ लाख ४६ हजार १८९ को पिसिआर र ४ लाख ८१ हजार ८२१ जनाको एन्टिजेन परीक्षण भएको छ । जसबाट ७ लाख ६७ हजार २७१ पिसिआरबाट र ८४ हजार ६९३ एन्टिजेन विधिबाट संक्रमित पहिचान भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ५४० सघन र १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा २ हजार २७४ छ । प्रतिशतमा हेर्दा यो ९४.३ हो । योसहित कुल निको हुनेको संख्या ७ लाख २३ हजार ४५६ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २७४ र होम आइसोलेशनमा रहेको संख्या ३० हजार ६६२ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ३४४ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३३ हजार ६ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप प्राप्त गर्नेको संख्या ४७ लाख ९५ हजार ३७३ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.५ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३६४.३ रहेको छ ।
मन्त्रालयका अनुसार १९ जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २०० संक्रमित माथि रहेको जिल्ला २० छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस