कांग्रेस सभापतिमा कल्याण गुरुङद्वारा उम्मेदवारी दिने घोषणा
- गाउँ सहर संवाददाता
- १६ भदौ बुधबार, २०७८ | १६:०२:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आज अनामनगरमा पत्रकार सम्मेलन गरेर गुरूङले मंसिरमा हुने कांग्रेसको महाधिवेशनमा सभापति पदमा उठ्ने बताएका हुन् ।
उम्मेदवारी घोषणालाई कसैले पनि बार्गेनिङ टुलको रुपमा प्रयोग गर्न नहुने भन्दै उनले भने, ‘म आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुन्छु ।’
उनले आफू युवाहरूको साझा उम्मेदवार भएको दाबीसमेत गरेका छन् । गुरूङ नेविसंघका पूर्वसभापति पनि हुन् । युवालाई नेतृत्व हस्तान्तरण हुनुपर्ने पक्षमा उनी छन् ।
आफूलाई पार्टीमा भएका युवा र जनसम्पर्कका महाधिवेशन प्रतिनिधिसँगै नयाँले पनि भोट दिने भन्दै उनले भने, ‘म जितको अन्त्यन्त नजिक भएको सभापतिको उम्मेदवारको रुपमा उभिएको छु ।’
कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गर्दा गुरुङले आफ्ना एजेण्डाहरु पनि अघि सारेका छन् ।
पार्टीलाई विधान अनुसार चलाउने र गुटबन्दी अन्त्य गर्ने उनको प्रतिवद्धता छ । सभापतिमा उम्मेदवारी घोषणा गरेका गुरुङले पार्टीका सबै तहमा एक व्यक्ति एक पदमा दुई पटकसम्म मात्र रहन पाउने आफ्नो अर्को एजेण्डा भएको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
प्रतिकृया दिनुहोस