कांग्रेस सभापतिमा कल्याण गुरुङद्वारा उम्मेदवारी दिने घोषणा
- गाउँ सहर संवाददाता
- १६ भदौ बुधबार, २०७८ | १६:०२:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आज अनामनगरमा पत्रकार सम्मेलन गरेर गुरूङले मंसिरमा हुने कांग्रेसको महाधिवेशनमा सभापति पदमा उठ्ने बताएका हुन् ।
उम्मेदवारी घोषणालाई कसैले पनि बार्गेनिङ टुलको रुपमा प्रयोग गर्न नहुने भन्दै उनले भने, ‘म आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुन्छु ।’
उनले आफू युवाहरूको साझा उम्मेदवार भएको दाबीसमेत गरेका छन् । गुरूङ नेविसंघका पूर्वसभापति पनि हुन् । युवालाई नेतृत्व हस्तान्तरण हुनुपर्ने पक्षमा उनी छन् ।
आफूलाई पार्टीमा भएका युवा र जनसम्पर्कका महाधिवेशन प्रतिनिधिसँगै नयाँले पनि भोट दिने भन्दै उनले भने, ‘म जितको अन्त्यन्त नजिक भएको सभापतिको उम्मेदवारको रुपमा उभिएको छु ।’
कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गर्दा गुरुङले आफ्ना एजेण्डाहरु पनि अघि सारेका छन् ।
पार्टीलाई विधान अनुसार चलाउने र गुटबन्दी अन्त्य गर्ने उनको प्रतिवद्धता छ । सभापतिमा उम्मेदवारी घोषणा गरेका गुरुङले पार्टीका सबै तहमा एक व्यक्ति एक पदमा दुई पटकसम्म मात्र रहन पाउने आफ्नो अर्को एजेण्डा भएको बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस