लुम्बिनीका मुख्यमन्त्री केसीले आज विश्वासको मत लिने
- गाउँ सहर संवाददाता
- ७ भदौ सोमबार, २०७८ | १५:३१:०० मा प्रकाशित
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सभा सचिवालयले जारी गरेको सोमबारको कार्यसूचीमा सोमबार मुख्यमन्त्रीले विश्वासको मतको मत लिने उल्लेख छ । माओवादीका केसी कांग्रेस, समाजवादी र जनमोर्चाको समर्थनमा गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका थिए ।
मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरे पनि एमालेले भने लगातार प्रदेश सभा बैठक अवरोध गर्दै आएको छ । सोमबार पनि बसेको पहिलो बैठकमा एमाले सांसदहरुले नारावाजी गरेका थिए । एमालेले माओवादी केन्द्रमा लागेकी सांसद विमला वली र मन्त्री बनेका सांसद अजय शाहीलाई पदमुक्त गरेको निर्णय प्रदेश सभामा दिएको थियो । तर सभामुखले उनीहरुलाई पदमुक्त गर्न नसकिने बताए पनि एमालेले लगातार बैठक अवरोध गर्दै आएको छ ।
मुख्यमन्त्री केसीले आफूमाथि प्रदेशसभाको आफूमाथि विश्वास छ भन्ने पुष्टि गर्न ४१ सांसदको समर्थन जुटाउनुपर्छ । सत्ता पक्षमा नेपाली कांग्रेसका १९,माओवादी केन्द्रका १८ (सभामुख वाहेक),जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसद छन् । विपक्षी एमालेका ३७ सांसद रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस