माधव नेपाल पक्षकाे पार्टीको नाम नेकपा ‘एकीकृत समाजवादी’ राख्न निवेदन
- गाउँ सहर संवाददाता
- ४ भदौ शुक्रबार, २०७८ | १६:३४:०० मा प्रकाशित

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्ताव गर्नुभएको दल नेकपा एमाले (समाजवादी)को नाम फेरिने भएको छ । निर्वाचन आयोगमा शुक्रबार दिउँसो १ बजे निवेदन दर्ता भएको आयोगका प्रवक्ता राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राखेर निवेदन दर्ता भएको हो । आयोगले एमाले राख्दा मूल पार्टीसँग जुध्ने सुझाब दिएपछि नेपाल समूहले फरक नाम प्रस्ताव गरेको हो ।
गत फागुन २३ गतेको सर्वोच्चको फैसलाले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्यूँताएपछि सोही नाममा अर्को दल दर्ता हुन नसक्ने निर्वाचन आयोगले जनाएकाे छ । एमालेबाट अलग भएका नेता माधवकुमार नेपाल पक्षले भदौ २ गते बुधबार अलग दल दर्ताको आवेदन आयोगमा दिएको थियो । आयोगले विहीबार मात्र दल दर्तासम्बन्धी नियमावली संशाधन गरेको थियो ।
नियमावली र ऐन अनुसार नाम, झण्डा र चुनाव चिन्ह दोहोरिएर राख्न नमिल्ने व्यवस्था भएकाले एउटै नाममा दल दर्ता गर्न नमिल्नेगरी आयोगले निर्णय लिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
नेता नेपाल अध्यक्ष रहेको पक्षले एमालेसँग मिल्नेगरी नेकपा एमाले (समाजवादी) नाम दर्ताको लागि आवेदन दिएपछि आयोगले त्यसमा पुनरविचार गर्न सो पक्षलाई आग्रह गरेको थियाे । आयोगको आग्रहअनुसार माधव पक्षले नाम परिवर्तन गरी पुन आवेदन दिएको हाे ।
नेपालको पार्टीको चुनाव चिह्न भने अझै टुंगो लागेको छैन ।
महन्थ पक्षकाे नयाँ दलको नाम पनि उपेन्द्र यादव अध्यक्ष रहेको दलसँग नाम मिल्न गएकाले सो पक्षलाई पनि अर्को नाम प्रस्तावसहित आवेदन दिन आयोगले आग्रह गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस