स्वास्थ्य

काठमाडौं उपत्यकामा थप ९९३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार काठमाडौंमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० जना संक्रमित थपिएका हुन् ।

पछिल्लो चौबीस घन्टामा देशभर थप ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४२ जनाको मृत्यु भएको छ ।

बुधबार २ हजार १०४ जना संक्रमणमुक्त भएका छन् ।

गाउँ सहर संवाददाता