मंगलबार जलविद्युत् कम्पनीका शेेयर हुनेहरूले मालामाल कमाए
- गाउँ सहर संवाददाता
- १ भदौ मंगलबार, २०७८ | १५:४०:०० मा प्रकाशित

काठमाडाैं । साताकाे तेस्राे दिन सेयर बजार मापक नेप्से परिसूचक स्थिरजस्तै देखिएको छ । नेप्से परिसूचक ०.२३ अंकले बढेको छ ।
यसदिन जलविद्युत् कम्पनीका शेेयर हुनेहरूले मालामाल कमाएका छन् । विकास बैंक, जलविद्युत् र फाइनान्स समूहमा भने उच्च वृद्धि भएको छ । यी क्षेत्रका कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।
माउन्टेन इजर्जी, फस्ट माइक्रोफाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, रु रु जलविद्युत् कम्पनी, अँखु खोला जलविद्युत् कम्पनी, अरुण काबेली पावर लिमिटेड, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, दिव्यश्वरी जलविद्युत् कम्पनी, जीवन विकास लघुवित्त, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र खानी खोला जलविद्युत् कम्पनी, पञ्चकन्या माइ जलविद्युत् जस्ता कम्पनीहरूमा सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।
यो दिन १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रुपैयाँमा कारोबार भएको छ ।
यस दिन एनआइविएल प्रगति फण्ड, सिद्धार्थ इक्वीटी फण्ड, माछापुच्छ्रे बैंक र प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य घटेको छ ।
मंगलबार अपि पावर, अरुण कावेली हाइड्रोपावर, रिद्धि हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरको शेयर कारोबार धेरै भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस